सम्विधान सभाको नाटक पुन: मञ्चित भईरहेछ जन-अधिकारबाट जनता किन वन्चित भैरहेछ सत्ता शक्ति र कुर्सी सबैको एउटै इच्छा देस जाओस भर्सेलोमा धन संचित भैरहेछ नेताहरू जिउँदै सिनो सरी गन्हाए आत्मरतिमा अनुहार दुर्गन्धित भैरहेछ कुन भ्रम पालेर कुन्नी रमाइरहेछौ "नव " यहाँ इच्छा-आकांक्षा कुण्ठित भैरहेछ ।
Saturday, June 15, 2013
Thursday, May 23, 2013
गजल
संगै हिंडने वाचा थियो हात किन दिन्नौ उदास उदास देख्छु कतै विश्वास सकियो की ? कुन पापीले आँखा लायो कसले ढाँट्यो माँया आँखा भरी आकास छैन आस सकियो की ? झरी पछि खुलेको आकास देखिनौ की ओंठ भरी हाँसो छैन हास सकियो की ? एक्लो हुनुको पिडा संगै बस्दा देख्यौ की माँया संग माँयाको आभास सकियो की ?
Subscribe to:
Comments (Atom)