सम्विधान सभाको नाटक पुन: मञ्चित भईरहेछ जन-अधिकारबाट जनता किन वन्चित भैरहेछ सत्ता शक्ति र कुर्सी सबैको एउटै इच्छा देस जाओस भर्सेलोमा धन संचित भैरहेछ नेताहरू जिउँदै सिनो सरी गन्हाए आत्मरतिमा अनुहार दुर्गन्धित भैरहेछ कुन भ्रम पालेर कुन्नी रमाइरहेछौ "नव " यहाँ इच्छा-आकांक्षा कुण्ठित भैरहेछ ।